उपत्यका बन्द फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

उपत्यका बन्द फिर्ता

२०८२,२,१९

संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो । हिजो काठमाण्डौमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुकमार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने बताउनुभएको थियो ।

Leave a Reply