प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन,एक सय ८ जनालाई मुद्दा चलाइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन,एक सय ८ जनालाई मुद्दा चलाइँदै

जेठ ०९ शुक्रबार ।

प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५७ दिनमा अनुसन्धान गरेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय अनुसन्धान प्रतिवेदन बुझाएको हो ।तीनकुने घटनामा संलग्न एक सय ८ जनलाई मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत प्रतिवादी छन् । चैत १५ मा गरेको प्रदर्शन अराजक हुँदा दुईजनाको मृत्यु भएको थियो भने व्यक्तिका घरहरुसमेत जलाइएको थियो ।

 

Leave a Reply