नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै, वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै, वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती

२०८२,२,७

 नवनियुक्त गभर्नर प्राध्यापक डा . विश्वनाथ पौडेलले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । उहाँलाई आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सपथ गराउनुहुनेछ । सपथलगत्तै पौडेल दिउँसो पदभार ग्रहण गर्न केन्द्रीय बैंकको बालुवाटार कार्यालय जानुहुनेछ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा।पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त भएको हो । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुनुहुन्छ । अर्थतन्त्रमा देखिएको चुनौतीकाबीच पौडेल १८औँ गभर्नर नियुक्त हुनुभयो । यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो पनि केही खुकुलो भएको छ । अब नवनियुक्त गभर्नर पौडेलका सामु वित्तीय क्षेत्र गतिशील बनाउने अनि राष्ट्र बैंकको गिरेको छवि सुधार गर्नु मुख्य चुनौती रहेको विज्ञले बताएका छन् ।
नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारलाई अगाडी लैजाने बताउनुभएको छ ।

Leave a Reply