चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित, १९ हजारभन्दा धेरै थपिए | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित, १९ हजारभन्दा धेरै थपिए

२०८२,२,१

निर्वाचन आयोगले गएको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । यसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता अन्तिम मतदाता नामावलीमा समावेश रहेको आयोगले जनाएको छ । यसअघि गएको कात्तिक २६ मा प्रकाशित मतदाता नामावलीअनुसार महिला मतदाता ८९ लाख ३ हजार एक सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार चार ४८ र अन्य मतदाता एक सय ८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार आठ सय ३२ मतदाता थिए ।

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा अहिले प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ७ हजार ६सय ९९ र पुरुष मतदाता १२ हजार एक सय २४ गरी जम्मा १९ हजार आठ सय २२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

 

Leave a Reply