देशको आर्थिक अवस्था उकास्न समाजवाद निर्माण गर्नुपर्ने राष्ट्रियसभा सदस्य बामदेवको भनाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

देशको आर्थिक अवस्था उकास्न समाजवाद निर्माण गर्नुपर्ने राष्ट्रियसभा सदस्य बामदेवको भनाई

२०८२,१,१३

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद निर्माणमा ढिलाइ गर्न नहुने बताउनुुभएको छ । उहाले पछिल्लो समयमा देशमा देखिएको राजनीतिक अस्थिरता र मुलुकको कमजोर आर्थिक अवस्थालाई लिएर जनतामा वितृष्णा बढ्दै गएकाले त्यसको अन्त्यका लगि समाजवादको निम्ति तुरुन्तै आह्वान गरी काम सुरू गर्नुपर्ने बताउनुुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुुभएको गौतमले “राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने जिकरि गर्नुभयो । साथै सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्नै उहाको भनाई छ ।

Leave a Reply