एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने महामन्त्री थापाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने महामन्त्री थापाको दाबी

नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गर्नुभएको छ । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आज आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गर्नुभएको हो । उहाले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गर्नुभएको हो । दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ।

यसका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको उनको भनाइ छ। उनले वडामा, पालिकामा र संघीय सरकामा कांग्रेस हुँदा पनि चित्तबुझ्दो काम नभएको बताउनुुभएको छ । ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);