भक्तपुरको विस्केट जात्राअन्तर्गत आज लिङ्गो ढालिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८२, सोमबार

भक्तपुरको विस्केट जात्राअन्तर्गत आज लिङ्गो ढालिँदै

२०८२,१,१

भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात विस्केट जात्राको क्रममा आज लिङ्गो ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउएर बैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ । भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेलगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको छ ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पुजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ । आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरू गरिने यो जात्रा भक्तपुरबासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।

त्यस्तै भक्तपुरको कुम्हा टोलमा हिजो बिहान हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको विस्काः जात्रा सकिनेछ ।

त्यस्तै काठमाडौको टोखा पनि विस्काः जात्रा चलिरहेको छ । त्यस्तै काठमाडौको साँखुमा बज्रयोगिनी देवीको जात्रा सञ्चालन भइरहेको छ । ८ दिनसम्म मनाइने जात्रा शनिवार शुरू भएको हो । त्यस्तै काठमाण्डौको हलचोकमा आकाश भैरवको १२ वर्षे जात्रा आजदेखि शुरू भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);