चैत २६ मंगलबार ।
राप्रपाले गर्ने आमसभाको सुरु नहुँदै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटाएको छ ।
राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । पार्टीका नेताहरूको इन्ट्री भएको छैन । एकाध भारतीय मिडिया पनि आन्दोलनको रिपोर्टिङ गर्न आएका छन् ।