२०८१,१२,२२
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीका लागि आफू आन्दोलनमै रहेको बताएका छन्। शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वेलादेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन्। प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ। उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताएका छन ।
उनले संविधानमा भएका असहमतिलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए। उनले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताएका छन ।
नेकपा ९माओवादी केन्द्र०की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवश्ययक विवेक नपुर्याउँदा क्षति भएको बताए। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभुवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीलाई आन्दोलन गर्न किन दिइएको भन्दै प्रश्न गरेका हुुन ।