चैत २१ बिहिबार ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तीन महिना १४ दिनपछि आज कार्यालय फर्केका छन् । कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड गराएर उनी आफू अदृष्य बनेका छन् ।
कर्मचारीले ताला फोड्ने प्रयास गरेका थिए । यसक्रममा ढोकाको सिसा फुटेको छ । केहीबेर प्रयास गर्दा पनि ढोका नखुले पनि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु बैठक बसे ।
बैठकमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरेकी छन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न मेयर शाहलाई आग्रह गरिन् । मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,उनले भनिन्, उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । उनले अगाडि भनिन्, यो तमासा हामीले हेर्नुपर्ने रु मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ, उनले भनिन् ।