सुनको मूल्यमा फेरि रेकर्ड, तोलाको एक लाख ८० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

सुनको मूल्यमा फेरि रेकर्ड, तोलाको एक लाख ८० हजार नाघ्यो

चैत २१ बिहिबार ।
सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज एकै दिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि अस्ति मङ्गलवार सुनको भाउ एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेकोमा हिजो घटेको थियो ।

हिजो सुनको भाउ तोलाको एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार २० रुपैयाँमा कायम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);