लगातार उकालो लाग्यो सुनको मूल्य,हालसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८१, सोमबार

लगातार उकालो लाग्यो सुनको मूल्य,हालसम्मकै उच्च

चैत १८ सोमबार ।
सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);