२०८१,१२,१८
नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा आज चितवन र पोखराबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र झापाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा पनि ललितपुर सिटी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए ।
तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् । लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।