रामेछाप, १९ माघ । जिल्ला प्रहरी कार्यालय रामेछापले ठुलो परिणाममा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।
सदरमुकाम मन्थलीका विभिन्न मदिरा पसलवाट मदिरा बनाउन प्रयोग गरिने ८ सय ५० किलो कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । अवैध मदिरा नष्ट गर्ने अभियानलाई निरन्तर जारी राखिने जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाले जनकारी दिए ।