चैत १५ शुक्रबार ।
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको हो ।प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो