थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८१, मंगलबार

थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार

चैत १४ बिहिबार ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा.आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ ।इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।उक्त विद्युत ढल्केवर(मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ ।

हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा सुक्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारतसरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए ।

उनले भने,नेपाली जनतालाई चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);