२०८१,१२,१३
समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो । पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।