रास्वपालाई प्रचण्डको प्रश्न : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८१, बुधवार

रास्वपालाई प्रचण्डको प्रश्न : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?

फागुन १३ बुधबार ।
प्रतिनिधि सभाको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक राखेका थिए। बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल ,महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे कुराकानी भएको हो ।

बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्थाप्रति रास्वपाको धारणा के हो भनेर समाजमा कुराकानी हुने गरेको भन्दै विषय प्रवेश गराएका थिए ।

आफूलाई रास्वपा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको सुरुदेखि नै लाग्दै आएको प्रचण्डले बताए । तर, समाजमा कतिपयमा आशंका वा जिज्ञासा रहेको भन्दै विषय प्रवेश गराएपछि रास्वपाका नेताहरूले आफूहरु गणतन्त्रप्रति प्रतिवद्ध रहेको जवाफ फर्काए ।

बैठकमा रास्वपाका कार्यबाहक सभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार थिए । आफूहरुले जलेश्वर बैठकबाट शासन व्यवस्थाबारेको धारणा आम रुपमै सार्वजनिक गरेको भन्दै वाग्लेले ‘आफूहरू गणतन्त्रप्रति प्रतिवद्ध रहेको र यसमा कसैले शंका गर्नुपर्ने कारण नरहेको’ बताए ।अर्का उपसभापति अर्यालले पनि गणतन्त्रको विकल्प नरहेको बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);