कुलमानलाई हटाएको विरोधमा प्रदर्शन ,प्रहरीसगँ नयाँ बानेश्वरमा धकेलाधकेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

कुलमानलाई हटाएको विरोधमा प्रदर्शन ,प्रहरीसगँ नयाँ बानेश्वरमा धकेलाधकेल

फागुन १२ मंगलबार ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल भएको छ । लोडसेडिङ चाहिँदैन,कुलमान हटाउन पाइँदैन भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गरौं,अवस्था बदल्न व्यवस्था बदलौं,सिंगो नेपाल के भन्छ,कुलमान घिसिङ ले भन्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा धकेलाधकेल भएको हो । दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि धकेलाधकेल भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);