सुनको भाउ आज पनि घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८१, सोमबार

सुनको भाउ आज पनि घट्यो

२०८१,१२,११

सुनको भाउ आज पनि घटेको छ । गएको शुक्रबार तोलामा एक हजार र हिजो नौ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको हो ।आज सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।

बिहीवार पनि सुन यही भाउमा कारोबार भएको थियो । शुक्रवारदेखि भने भाउ घट्न थालेको हो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);