आज एकै ठाउँमा जुट्दै ओली, देउवा र दाहाल ः टीआरसीबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८१, सोमबार

आज एकै ठाउँमा जुट्दै ओली, देउवा र दाहाल ः टीआरसीबारे छलफल हुने

२०८१,१२,११

तीन ठूला दलका शीर्ष नेताको बैठकआज सोमबार बस्दैछ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन ।

बैठकमा संक्रमणकालीन न्याय टीआरसी बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिएका हुुन । यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक पटक प्रयास गर्दा सम्पर्क नभएको उनले बताउका छन । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।

तराई मधेश जागरण अभियानमा रहेका प्रचण्ड छलफलका लागि सोमबार नै काठमाडौँ आउने भएका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);