२०८१,१२,८
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना नै नरहेको बताएकी छन्। आज काठमाडौं फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणको उद्देश्य प्रधानमन्त्रीसँग भेट्ने नरहेकोले भेट नभएको जानकारी दिएकी हुन्।
भारतले नेपालको लोकतान्त्रिक प्रकियामा फरक मत नराखेको भन्दै मन्त्री राणाले बाहिर चर्चा भए जस्तो कुनै विरोध नरहेको बताइन्। आफ्नो भारत भ्रमण लामो भएको भनेर टीका टिप्पणी भएको तर्फ आफू जानकार रहेको भन्दै उनले चार दिन धार्मिक भ्रमणमा रहेको र तीन दिन होलीको बिदाले समय लामो भएको बताएकी छन ।
फागुन २६ गते भारत गएकी मन्त्री राणा आज १२ दिनपछि स्वदेश फर्केकी हुन्। त्यसक्रममा उनले आफ्नो भारत भ्रमणमा भए गरेका कार्यक्रमबारे जानकारी गराएकी छन्। उनको भारत भ्रमणलाई नेपाली राजनीतिमा चासोपूर्वक हेरिएको छ।