३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८१, बुधवार

३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

२०८१,१२,८

सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न सचेत गराएको हो । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म भाइबर, टिकटक र विटोक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);