पूर्वराजाले संविधानविपरित काम गरिरहेका छन्, कारवाही गरौं : खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८१, बिहीबार

पूर्वराजाले संविधानविपरित काम गरिरहेका छन्, कारवाही गरौं : खतिवडा

चैत ७ बिहिबार ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले बिहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वराजाले संविधान मिच्न खोजेको भन्दै उनका क्रियाकलाप बन्द गर्न सरकारसँग माग गरे।पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते भिडियो सन्देशमा श्रीपाँच महाराजधिराज उल्लेख गरेको र शाही निशाना प्रयोग गरिएको देखियो।

यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो। नेपालको संविधानमा श्री ५ महाराजधिराज उल्लेख छैन,ुउनले भने,ुयसैले यस्तो सन्देश श्री ५ महाराजधिराज र शाही निशान राख्नेप्रति घोर आपत्ती छ । उनले २०६५ साल जेठ १६ गतेका दिन शाही निशानको झण्डा राजदरबारबाट हटाइएर राष्ट्रिय झण्डा फहराएकोमा त्यो झण्डाको अपमान हुनेगरी पूर्वराजाले प्रयोग गरेको उनको भनाइ छ। उनले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न पूर्वराजालाई सुझाव समेत दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);