प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु: नवनियुक्त आईजी थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८१, मंगलबार

प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु: नवनियुक्त आईजी थापा

चैत ५ मंगलबार
नवनियुक्त प्रहरी महानिरीक्षक आईजी दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् ।प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरू गर्ने बताए।

गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन, उनले भने, सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन। उनले यही विचार मनन् गर्दै आफ्ना सहकर्मी र मातहतलाई आग्रह समेत गरे।

प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’, थापाले भने ।

कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दुस्ख भोग्न नपरोस् भन्ने तर्फ हरदम सजग रहेन उनले बताएका छन् । पहुँचको हैन पद्धतिको थिती बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको भनाइ छ ।

नेपालको संविधानको मर्म अनरुप संघीय स्वरुपमार्फत कानून कार्यान्वय गर्न, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबालका साथ कर्तव्य निष्ठ रहेको र रहिरने उनले बताए । यसलाई गतिशील बनाउनका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने उनले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);