काठमाडौँ आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत,राजा समर्थकले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

काठमाडौँ आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत,राजा समर्थकले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी

फागुन २५ आइतबार ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् ।

त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका राजा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका राजा समर्थकले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको छ । पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन् ।

Leave a Reply