सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

फागुन २२ बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिएका छन ।उनले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिएका हुन ।

ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेका हुन ।

आतंकवादी सङ्गठनको रूपमा सूचीबद्ध संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नराख्ने अमेरिकी नीति अनुसार अमेरिका अहिलेसम्म विद्रोही समूहसँग प्रत्यक्ष संलग्न भएको छैन । तर पछिल्लो समय अमेरिकाले हमासलाई बन्धक रिहा नगरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइरहेको छ ।उनले बन्धकहरुलाई तत्काल रिहा गर्न र हत्या गरिएका मानिसको सबै शव तुरुन्तै फिर्ता गर्न हमासलाई आग्रह गरेका छन ।

ट्रम्पले गाजामा इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम अन्तर्गत रिहा भएका बन्धकहरूको समूहसँग भेट गरेपछि उनको धम्कीपूर्ण प्रतिक्रिया आएको हो ।ट्रम्पले यसअघि गएको डिसेम्बरमा पनि ट्रम्पले आफूले पदभार ग्रहण गर्ने समयसम्म बन्धकहरूलाई रिहा गरिएन भने राम्रो नहुने भन्दै धम्की दिएका थिए । अमेरिका, इजिप्ट र कतारले गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता गर्ने वार्तामा प्रमुख भूमिका खेलेका थिए ।

 

Leave a Reply