राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको प्रधानमन्त्री ओलीको भनाई, युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिवद्ध रहेको जिकिर | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको प्रधानमन्त्री ओलीको भनाई, युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिवद्ध रहेको जिकिर

 

२०८१,११,१८

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । रोल…
आईतवार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनु भएको कहो । युवाको महत्व मनन गर्न आग्रह गर्दै उहाँले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाँले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताउनु भयो । राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा निःस्वार्थ सेवा भावबाट समर्पित भइ महत्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गरेकोप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो ।
बाइट…केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले विपद्को उच्च जोखिममा रहेको नेपालमा विपत्तिहरुको समयमा परिचालन गर्नसक्ने तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको उल्लेख गर्नुभयो । ०००

Leave a Reply