शुक्रबार देशैभरको मौसममा बदली | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

शुक्रबार देशैभरको मौसममा बदली

२०८१,११,१६

शुक्रबार देशैभरको मौसममा बदली आएको छ । पहाडी भू–भागका केही स्थानका मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ भने हिमाली भेगमा हिमपात भएको छ । काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा भएको बदलीसँगै आकाश धुम्म र कालो बादलले ढाक्यो । घाम नलागेका कारण तापक्रम पनि घटेर चिसो अनुभव भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । पानी परेसँगै बालीनाली सप्रने भएकाले किसान खुसी भएका छन् । वर्षाका कारण चैते धान रोप्ने किसानलाई समेत राहत भएको छ ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको अवस्थामा भएको वर्षाले किसान पनि खुसी भएका छन् । वर्षाले गहुँलगायतका हिउँदे बालीका लागि निकै फाइदा पु¥याएको कृषि विकास कार्यालयले जनाएको छ । ०००

Leave a Reply

ताजा समाचार