प्रतितोला २२ सयले घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

फागुन १५ शुक्रबार ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply