मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात

फागुन ११ आइतबार ।
हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात भएको छ ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । स्थानीयहरुका अनुसार उक्त क्षेत्रमा लामो समयको अन्तराल पछि यस वर्षको पहिलो हिमपात भएको हो ।

हिउँदको अन्तिममा परेको हिमपात पश्चात् मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे देखिएको छ । यसैबिच मुस्ताङ प्रवेश गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु भने हिउँमा रमाउन पाउँदा खुसी भएका छन् । साथै मुक्तिनाथ व्यवस्थापन समितिले पनि पर्यटकहरुको सुरक्षा र व्यवस्थापनका निम्ति सक्रियता देखाएको छ ।

Leave a Reply