त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा, प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा, प्रचण्ड

२०८११,२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो बताएका हुन्।

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने बताए। तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनले गरे।

इप्पानका अध्यक्ष गणेश कार्कीले प्रचण्डको पालामा त्रिदेशीय विद्युत् व्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत् उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए । ऊर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिँदै उनले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा सहजीकरण गरिदिन प्रचण्डलाई आग्रह गरे।

 

Leave a Reply