अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ

‘२०८१,१०,३०

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। राष्ट्रिय समाचार समितिको ६४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर कसैले पनि विरोध गर्न नपर्ने धारणा व्यक्त गरे। आर्थिक विकास, लगानी प्रोत्साहन, सुशासनलाई गति दिन एवं भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अध्यादेश आएको हो”, कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने। उनले सदनमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र आमजनताको बढीभन्दा बढी समर्थनमा संविधान संशोधन गरिने स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद्लाई रचनात्मक बहस गर्ने थलोका रुपमा आफूहरुले अघि बढाउन चाहेको उल्लेख गर्दै विधेयक र राष्ट्रिय नीति निर्माणमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा उभिएर समान धारणा बनाउनुपर्नेमा जोड दिए।

उनले संविधानको मेरुदण्डका रुपमा रहेको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र सामाजिक न्यायलाई थप बलियो बनाउने गरी संविधान संशोधन हुने विश्वास दिलाए। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले सात प्रदेश र सात सय ७३ स्थानीय सरकारलाई समेत जोड्ने गरी समाचार सङ्कलन तथा सम्पादनसम्बन्धी कार्ययोजना बनाउन सुझाव दिए।

 

Leave a Reply