सात दिन देखि हराएका विद्यार्थी जोन तामाङ भेटिए | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

सात दिन देखि हराएका विद्यार्थी जोन तामाङ भेटिए

फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका १७ बर्षिय विद्यार्थी जोन तामाङ भेटिएका छन्

ललितपुर,१८ माघ । फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका १७ बर्षिय विद्यार्थी जोन तामाङ भेटिएका छन् ।जोनलाई फुल्चोकीको घना जंगलमा चन्द्र आलेले फेला पारेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । सकुशल भेटिएका जोनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत जोन गएको बिहीबारदेखि हराएका थिए ।

नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले जोनको खोजी गरेका थिए ।जोनसहित ११ विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली हाइकिङ गएकामा प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको छ ।