निजी क्षेत्र र सरकार सँगै हिँड्न जरुरी,अर्थसचिव घिमिरे | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

निजी क्षेत्र र सरकार सँगै हिँड्न जरुरी,अर्थसचिव घिमिरे

२०८१,१०,१२

अर्थ मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले भन्सारका समस्या समाधान र सुधारका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी रहेको बताएका छन्।शुक्रबार नेपाल समुन्द्रपार निकासी पैठारी संघले भन्सार दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्। उनले विगतको तुलनामा भन्सारमा धेरै सुधार भएको भन्दै आवश्यक भौतिक पूर्वाधार अझै बाँकी रहेको बताए।

उनले भन्सारमा निजी क्षेत्रलाई व्यापार सहजीकरणको लागि सरकारले आवश्यक रुपमा काम गरिरहेको बताए। उनले पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार हुनु मुलुकको लागि उत्साहजनक विषय भएको बताए।

उनले कस्ट अफ डुइङ विजनेस बढ्ने भनेको निजी क्षेत्रको सरोकारको विषय मात्रै नभएर समग्र मुलुककै सरोकारको विषय भएको बताए। उनले भन्सारमा नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको भन्दै भौतिक उपस्थिति बिना अनलाइन प्रणालीको विकास भइरहेको बताए।

उनले निजी क्षेत्र र सरकार आरोपरप्रत्यारोपभन्दा पनि एउटै उद्देश्य भन्सारका समस्या सुधार गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार भएको छ। त्यो उत्साहजनक छ। समान रुपमा निरन्तर कसरी राख्ने भन्ने चुनौती छ। कष्ट अफ डुइङ विजनेस भनेको समग्र अर्थतन्त्रको लागि हो। यो निजी क्षेत्रको सरोकारको विषय मात्रै होइन। समग्र मुलुककै सरोकारको विषय हो। विगतको तुलनामा भन्सारमा धेरै सुधारहरु भएको छ । अझै सुधारको लागि सरकारले पहल गरिरहेको छ । निजी क्षेत्र र सरकार आरोपप्रत्यारोप गरेर मात्रै हुँदैन । सरकार र निजी क्षेत्र दुई पक्ष होइन।’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले लामो समयदेखि भन्सार सुधारको प्रयास गरिरहेको बताए। उनले भन्सारमा पछिल्लो समय धेरै सुधार भए पनि केही नीतिहरु कार्यान्वयन हुन नसकेको स्वीकार गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);