देश/समाज

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

माघ १० बिहिबार
काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।

उनले भने, लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।ु उनले अब बढ्ने समय पनि हुन लागेको बताए ।न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।

यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने हट्दै जाने हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनको भनाइ छ ।विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४।६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६।२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।

Related Post
Share

This website uses cookies.