माघ ९ बुधबार
इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राष्ट्रका राजदूतले वेस्ट बैंकमा नियन्त्रण गर्न इजरायलको अधिकार रहेको बताएका छन् ।
वेस्ट बैंकमा रहेको संयुक्त राष्ट्र अन्तर्गतको मानव अधिकार कार्यालयले अवैध इजरायली बस्तीहरू विस्तार हुँदा प्यालेस्टिनीहरूकोे स्वतन्त्रता व्यापक रूपमा प्रतिबन्धित भएको बताएको छ ।यसैबीच युद्धविरामको दुई दिनमा गाजामा भत्किएका भवनहरूको भग्नावशेषबाट एक सय २० वटा शवहरू फेला परेको खबरमा उल्लेख छ ।
यस्तै युद्धग्रस्त गाजा क्षेत्रमा सहायता सामग्रीका झण्डै नौ सय ट्रक प्रवेश गरेको भए पनि राहत वितरणमा भने समस्या भइरहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले जनाएको छ । इजरायल र हमास लडाकू समूहबीच केही दिन अघि मात्रै गाजामा युद्धविरामको सहमति भएको थियो ।