साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

tea shop

काठमाडौं,१८ माघ । बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहि बालबालिका देखा परे । ७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले ।
चियार तयार भयो ।

उनीहरुकै साथीको अर्को समुहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, हामी हाम्रो साथी मदनलाई बचाउन चाहान्छौँ ।विहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए ।केहिबेरपछि भीमेश्वर नगरालिकाका मेयर भरतबहादुर केसी आइपुगे ।केसीले ससना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे ।, आजको नागरिकमा यो खबर छ ।