२०८१,९,२
काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज सखरखण्ड, पिँडालु, पालङ्गोको सागलगायतको भाउ बढेको छ ।आजको मूल्यसूचीअनुसार सखरखण्डको भाउ किलोमा २० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै पिँडालुको भाउ पनि आज किलोमा १० रुपैयाँले बढेर ९५ पुगेको छ । आज पालङ्गो सागको भाउ किलोमा २० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ ।
तर आज तरुल, बकुलालगायतको भाउ केही घटेको छ । आज तरुलको भाउ किलोमा १५ रुपैयाँले घटेर किलोको ९५ रुपैयाँमा झरेको छ । तरुलको भाउ माघे सङक्रान्तीको दिन हिजो किलोमा औषत एक सय १० रुपैयाँ रहेको थियो । त्यस्तै बकुलाको भाउ पनि आज किलोमा २० रुपैयाँले घटेर ५५ रुपैयाँमा झरेको छ ।
आज आलु रातो, सुकेको प्याज, तराईको काउली, लौकालगायतका तरकारीको भाउ भने यथावत् नै छ ।