रविको मुद्दामा सुरु भयो थुनछेक बहस | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

रविको मुद्दामा सुरु भयो थुनछेक बहस

२०८१,९,२९

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ . लामिछानेको तर्फबाट आइतबार बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले भने थुनछेक बहस शुरु नभएको भन्दै हिरासतमा पठाउन आदेश गरेको थियो।लामिछानेका तर्फबाट बहसका लागि १० जना कानुन व्यवसायीको वकालतनामा परेको अदालत प्रशासनले जानकारी दिएको छ। शुरुमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस शुरु गर्नेछन्।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए। सो मुद्दामा ३९ जना प्रतिवादी छन्। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);