पौष २७ शनिबार
नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाएर १२ दशमलव ७३ प्रतिशतमा झारेको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित भएको हो ।चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ ।
आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आर्थिक वर्ष २०७९र८० मा विद्युत् चुहावट १३।४६ प्रतिशत थियो ।आर्थिक वर्ष २०८०र८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो ।
आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३र७४ मा एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो ।त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ ।