भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो

पौष २५ बिहिबार
भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भागदौडमा अरु २५ जना घाइते भएका छन् तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा रहेको भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए ।

भोलिदेखि शुरू हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन् ।१० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको सङ्ख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको थियो ।

काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेका र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।केही श्रद्धालुहरूले भने प्रहरीको लापरबाहीका कारण घटना भएको जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);