बालबालिकाका लागि सुरक्षित जिवन र आवासको व्यवस्था मिलाउने ओलीकाे प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

बालबालिकाका लागि सुरक्षित जिवन र आवासको व्यवस्था मिलाउने ओलीकाे प्रतिवद्धता

kp oli

काठमाडौं, १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले बालबालिकाका लागि सुरक्षित जिवन र आवासको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।

बालसंञ्चार केन्द्र एवं बालमैत्री नेपालका पदाधिकारीसंग अध्यक्ष ओलीले आगामी सरकार बालबालिकाको जिवन शैली आवासप्रति गम्भीर रहेको बताए । उनले बालबालिकाले खान लाउन पाउने सिद्धान्त नभई अधिकार भएकाले त्यस तर्फ भावी सरकार सचेत रहने आश्वासन दिए । कोही भोकै पर्दैन कोही भोकै मर्दैन भन्ने तर्फ सचेत रहेर योजना बनाईरहेको पनि उनले जानकारी दिए ।

बालबालिका क्षेत्रमा काम गर्दै आएको संस्था बालसञ्चार केन्द्र एवं बालमैत्री नेपालको प्रतिनिधी मण्डलले बुधबार एमाले संसदीय कार्यलयमा अध्यक्ष ओलीलाई भेटी बालमैत्री राष्ट्र निर्माणको अभियानलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा कार्यान्वयन गर्न गराउन अनुरोध सहितको ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।