क्रान्तिकारी पार्टीहरूसँग एकता गर्ने विप्लव नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

क्रान्तिकारी पार्टीहरूसँग एकता गर्ने विप्लव नेकपाको निर्णय

पौष १७ बुधबार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको छ । पुस पहिलो साता कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै विप्लवले एकता र सहकार्यको नीति लिइएको बताए ।

मित्र पार्टीहरूसँग मोर्चा बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।माओवादीसँग एकता गर्ने निर्णय कायमै रहेको उनले स्पष्ट पारे । एकताबाट भागेको हल्ला सही नभएको उनको जिकिर थियो ।

‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणमा जोड दिइएको हो । माओवादीसँगको एकता कायमै छ,’ उनले भने ।नेकपाले विशेष अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरेको छ । विचार संश्लेषणका लागि बहस र अन्तक्र्रिया गर्दै विशेष अधिवेशनसम्म जाने विप्लवले बताए । बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपविरुद्ध भन्डाफोर चलाउने, भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, बैंक ब्याज आतंकविरुद्ध जनसंघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);