पौष ११ बिहीबार
नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सत्ताको उन्मादमा केपी ओलीले आफूलाई तानाशाही शैलीमा पार्टीको साधारण सदस्यबाट हटाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत रावलले ओलीको आलोचना गरेका हुन्। नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको थियो।
सो निर्णय निरंकुश र तानाशाही भएको रावलको आरोप छ । उनले लेखेका छन्, ‘नेकपा ९एमाले०को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदसयबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो ।
कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमालेविरोधी एवं बिचौलिया र दलालहरूको काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन । सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली र जनताको समृद्धि र उज्यालो भविष्यप्रति इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’