पौष ११ बिहीबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का भएको गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकले ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन समेत नियन्त्रणमा लिएको छ। बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेका छन्।
नेपाल राष्ट्र बैंकको मिति २०८१र०९र१०, पत्र संख्या वि.सं.सु.वि. र २०८१र८२ को पत्रानुसार सूचीकृत संगठित संस्था कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकोले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोवार स्थगन गरी,यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई पत्राचार गरिएको छ,सूचनामा भनिएको छ।