विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ, प्रथम राष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ, प्रथम राष्ट्रपति यादव

२०८१,९,८

नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन्।सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संसारमा २०२४ मा ठूला ठूला प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गरे।

उनले सबै कुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताए। उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताए।उनले लोकतन्त्रका लागि लडेको ६० वर्षभन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताए।उनले भन्नुभयो, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ। आधाभन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा। अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ। संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ। सुन्दाखेरी नमिठो लाग्छ। अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ। जबकी लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो।’

प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);