पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी

पौष ४ मंगलबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घको साधारणसभालाई आज सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरूले ऋणीहरूसँग ऋणको सावाँ–ब्याज उठाउन नसक्दा समस्यामा परेका उल्लेख गरे।गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताए।

उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको पनि दाबी गरे ।गर्भनर अधिकारीले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंकले गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको उल्लेख गरे ।

उनले बैंकहरूमा पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए।गभर्नर अधिकारीले राष्ट्र बैंकको प्रोभिजनिङको व्यवस्थाले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने उल्लेख गरे। उनले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंकको आफ्नै कारणले दिन नसकेको बताए।अधिकारीले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको पनि उल्लेख गरे।

 

Leave a Reply