पौष ४ मंगलबार
हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई तत्काल कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जोसुकै भए पनि कारबारी गर्न निर्देशन दिएका हुन ।
आईजीपी कुँवरले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताएका छन । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीर लामिछानेकै भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ ।कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा भाइरलु भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछानेजस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ । रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो रु यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
तर रवि हिरासतमा सुतिरहेको फोटो डा।निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् । उनले तस्बिर हटाए पनि सञ्जालमा छ्यापछ्याप्ती छ ।उनले फेसबुक लाइभमा आएर, आफूले कुनै गलत नियतले नभई सफा नियतले फोटो खिचेको बताएका हुन।