पाठेघरको मुखको क्यान्सरविरुद्धको 'एचपीभी' खोप नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल आइपुग्यो

पौष ४ मंगलबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ुह्युमन पापिलोमा भाइरसु एचपीभी खोप ल्याएको छ ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले ुएचपीभीु खोपका लागि ग्लोबल एलायन्स गाभीको सहयोगमा चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए।ती खोपलाई अहिले टेकुमा रहेको भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने उनले बताए।

सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आउँदो माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्न तयारी तीव्र बनाएको छ ।१५ दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

उनका अनुसार १७ लाख ७० हजार मात्रा गाभीले नेपाललाई उपलब्ध गराउने छ ।हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);